१.१० अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघसंस्था
1. अन्तर्राष्ट्रिय सम्बन्ध भनेको के हो? एक राष्ट्र र अर्को राष्ट्रबीच आर्थिक, सामाजिक, भौगोलिक एवं राजनीतिक रुपमा रहने सम्बन्धलाई अन्तर्राष्ट्रिय सम्बन्ध भनिन्छ ।
2. परराष्ट्र नीति भनेको के हो? राष्ट्रिय स्वार्थ प्रवर्द्धन गर्ने सिलसिलामा अन्य देशहरु तथा अन्तराष्ट्रिय संघसंस्थाहरुसँग कायम राखिने सम्बन्धलाई मार्गदर्शन गर्ने नीतिलाई परराष्ट्रनीति भनिन्छ ।
3. नेपालको परराष्ट्र नीति सञ्चालन गर्ने मूल कानुन कुन हो ? नेपालको संविधान 2072
4. नेपालको संविधानको कुन धारामा अन्तर्राष्ट्रिय सम्बन्ध नीतिसम्बन्धी कुरा उल्लेख गरिएको छ? धारा ५१(ड.)
5. नेपालको संविधानको धारा 51 अनुसार नेपालको स्वतन्त्र परराष्ट्र नीति सञ्चालनका आधारहरु के के हुन् ? संयुक्त राष्ट्रसंघको बडापत्र, असंग्लनता , अन्तरास्ट्रिय कानुन र विश्वशान्तिको मान्यता ।
6. असंलग्न नीति भनेको के हो ? कुनै सैनिक गुटमा आबद्ध नभई अन्तर्राष्ट्रिय शान्तिको मान्यतालाई आत्मसात गरी तटस्थ रहने नीतिलाई असंलग्न नीति भनिन्छ ।
7. असंलग्न आन्दोलन का संस्थापक महारथीहरु को-को हुन् ?
*भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू
* युगोस्लाभियाका राष्ट्रपति जोसेफ ब्रज टिटो ,
*इजिप्टका राष्ट्रपति गमाल अब्दुल नासेर ,
*इन्डोनेसियाका राष्ट्रपति सुकार्नो , *घानाका राष्ट्रपति क्वामे एन क्रुमा
8. असंलग्न परराष्ट्रनीति का विशेषताहरु के के हुन् ?
*संयुक्त राष्ट्रसंघको बडापत्र प्रतिको मान्यता,
*अहस्तक्षेप,
*अनाक्रमण,
*पारस्परिक हित र सहयोग,
*शान्तिपुर्ण सहअस्तित्व,
*विवादको शान्तिपूर्ण समाधान,
*शान्ति र स्वतन्त्रताको पक्ष लिनु
9. पन्चशिल सिद्धान्त हरु केके हुन् ? *एउटा मुलुकले अर्को मुलुकको स्वतन्त्रता, सार्बभौमसत्ता तथा क्षेत्रीय अखण्डताको सम्मान गर्ने,
*एकअर्काको आन्तरिक मामिलामा हस्ताक्षर नगर्ने,
*समानता र पारस्परिक हित कायम गर्ने,
*आनक्रमण,
*शान्तिपुर्ण सहअस्तित्व ।
10. नेपालको परराष्ट्र नीतिका प्रवर्तक कसलाई मानिन्छ? पृथ्वनारायण शाह
11. पृथ्वीनारायण शाहले कस्तो परराष्ट्रनीतिमा जोड दिएका थिए ? सन्तुलित परराष्ट्र नीति
12. नेपालको आधुनिक परराष्ट्र नीतिका प्रवर्तक कसलाई मानिन्छ? राजा महेन्द्र
13. 2007 साल पूर्व नेपालको कति देशसँग दैत्य सम्बन्ध कायम भएको थियो ? 4 देश
*बेलायत : 17 मई 1934(१८१६ लाई पनि मानिन्छ )
*अमेरिका: 25 अप्रिल 1947
*भारत: 13 जुन1947
*फ्रान्स : 20 अप्रिल 1949
14. नेपालको परराष्ट्रनीति सम्बन्धमा नेपालको संविधानमा भएका व्यवस्थाहरु :
*नेपालको संविधानको धारा 50 (४) अनुसार नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता , भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित हुनेछ।
*नेपालको संविधानको धारा 51 मा राज्यका नीतिहरू अन्तर्गत नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति निम्न बमोजिम हुने उल्लेख छ :
धारा 51 ड. (१) : नेपालको सार्वभौमसत्ता , भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्ने क्रियाशील रहँदै संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने,
धारा 51 ड. (२): विगतमा भएका सन्धीहरुको को पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौताहरू गर्ने ।
१.७ अंतरराष्ट्रीय मामिला तथा अन्तर्राष्ट्रिय संघसंस्थाका
Thursday, September 13, 2018
१.१० अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघसंस्था
Subscribe to:
Posts (Atom)
१.१० अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघसंस्था
१.१० अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघसंस्था 1. अन्तर्राष्ट्रिय सम्बन्ध भनेको के हो? एक राष्ट्र र अर्को राष्ट्रबीच आर्थिक, सामाजिक, भौगोलिक ...